भारतसँग वेष्ट इन्डिज ५ विकेटले पराजित

डिसी नेपाल
१९ कार्तिक २०७५ ६:१८

काठमाडौँ । वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ ।

आइतबार राति सम्पन्न पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७।५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

भारतका लागि दिनेश कार्थिकले अविजित ३१, के पाण्ड्याले अविजित २१ रन बनाए । यसअघि मनिष पाण्डेले १९ र लोकेश राहुलले १६ रन बनाएका थिए । भारतले पनि सुरुवाती समयमै विकेट गुमाउँदै दबावमा खेलेको थियो । पहिलो विकेटको रुपमा भारतले ७ रन हुँदा कप्तान रोहित शर्मालाई गुमाएको थियो । १६ रन हुँदा दोस्रो विकेटको रुपमा अर्का ओपनर शिखर धवनलाई गुमाएको भारतले ३५ रन हुँदा ३ विकेट र ४५ रन हुँदा ४ विकेट गुमाउँदै दबावमा आएको थियो । तर, भारतको इनिङ्स कार्थिक र क्रुनालले जोगाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०९ रन मात्रै बनाएको थियो । वेष्ट इन्डिजका लागि फावियान एलेनले २७ र किमो पाउलले अविजित १५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका कुलदीप यादवले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १३ रन खर्चेर ३ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *