कसको भिडन्त कोसँग ? च्याम्पियन्स लिगको ड्र सार्वजनिक,

डिसी नेपाल
२ पुष २०७५ १४:२५

युईएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ ।

युईएफएले सोमबार च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वाटरफाइनलको ड्र सार्वजनिक गरेको हो । ड्र अनुसार पि्रक्वाटरफाइनलमै इंंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बार्यन म्युनिख प्रतिद्धन्दी पाएको छ ।

त्यस्तै, इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले पनि बलियो प्रतिद्धन्दी पाएको छ । युनाइटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रतिद्धन्दीको रुपमा पाएको हो ।

यता, डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले भने नेदरल्यान्ड्सको आयक्स प्रतिद्धन्दी पाएको छ भने बार्सिलोनाले फ्रान्सको लियोन क्लब प्रतिद्धन्दी पाएको छ ।

त्यस्तै, इंग्लिस क्लब टोटनहृयामले जर्मन क्लब बोरुसिया डर्टमन्ड, इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिको मड्रिड प्रतिद्धन्दी पाएका छन् ।

अर्को इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जर्मन क्लब साल्के प्रतिद्धन्दी पाउँदा इटालियन क्लब रोमाले पोर्चुगलको पोर्टो प्रतिद्धन्दीको रुपमा पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *