रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल नेसन्स लिगको फाईनलमा

डिसी नेपाल
२३ जेठ २०७६ १:२७

एजेन्सी । पोर्चुगल नेसन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाईनल प्रवेश गरेको हो ।

खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए भने ५७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै स्विटजरल्याण्ड खेलमा फर्किएको थियो । रिचार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरेका थिए ।

खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे र पोर्चुगललाई प्रतियोगिताको फाईनल यात्रा तय गराए । ८८ औं मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । ईटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डोले कर्नर पासको सदुपयोग गर्दै ९० औं मिनेटमा ह्याट्रिक पुरा गरे ।

पोर्चुगलले उपाधिका लागि बिहिबार हुने ईङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *