टोकियोमा नेपाल जापान डाईलग सिरिजको चौथो शृंखला सम्पन्न

डिसी नेपाल
२८ जेठ २०७६ १२:१४

टोकियो। समृद्ध नेपाल अभियानमा सघाउन डायस्पोरामा रहेका विज्ञहरुको सुझाव संकलन गर्न नेपाल जापान डाईलग सिरिजको चौथो शृंखला टोकियोस्थित जाइका हलमा सम्पन्न भएको छ।जापानमा रही विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको आयोजना,नेपाली राजदूताबास जापानको सहयोग र क्योदाई रेमिट्यान्सको प्रायोजनमा कार्यक्रम सम्पन्न भएको हो।

नेपालमा वढ्दै गएको सुचना,सञ्चार र प्रविधिको अवस्था विषयमा अन्तरक्रिया गरियको र प्राप्त सुझावको निचोड राजदूतावासको सहयोग मार्फत नेपाल सरकारको सम्वन्धित ठाउँहरुमा बुझाउने कार्यक्रम रहेको आयोजकले जानकारि दियको छ।

कार्यक्रमलाई डा. कुमार वस्नेतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा टोक्यो अन्तराष्ट्रिय विस्वविध्यालयका भ्वाईस प्रेसिडेन्ट डक्टर जय राजसेकारा , रिसर्चर डक्टर यासुनोरि ओवादा ,डक्टर बेद काफ्ले ले सुचना,सञ्चार र प्रविधिसंग सम्बन्धित बिषयमा नेपाल तथा जापानको बर्तमान अबस्था र संभावनाको बिषयमा बोल्नु भयको थियो ।

त्यसै गरि आइ टि मार्फत मौसम सम्बन्धि जानकारिको बारेमा कोजि किनोउचि , इन्टरनेट मार्फत बिध्यार्थिलाई अध्यापन गराउने बिसयमा ताईसुके फुकुनो र नेपालको आफ्नै पहिलो सेटेलाईट अन्तरिक्षमा पठाउनु भयका आभास मास्के लगायतले आफ्नो बक्तब्य राख्दै सहभागिको जिज्ञासाको सहजिकरण गर्नु भयको थियो ।

कार्यक्रम राजदुत प्रतिभा राणाको आतिथ्यता मिनिस्टर काउनसिलर कृष्ण चन्द्र अर्यालको अध्यक्षता तथा प्रोफेसर नेत्र प्रकास भण्डारिको संचालनमा सम्पन्न भएको थियो ।

जापानमा सुचना सञ्चार र प्रविधिको क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा नेपालको आइटी सेक्टरसंग सम्बन्धित सञ्चार,सुचना र प्रविधिको सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *