हेमन्त घिमिरेलाई अध्यक्षमा चयन गर्दे प्यूठान स्वर्गद्वारी समाज युएईको प्रथम महाधिवेसन सम्पन्न

डिसी नेपाल
२८ जेठ २०७६ १२:१५

युएई । प्यूठान  स्वर्गद्वारी समाज युएईको प्रथम महाधिवेसन जून ७ तारिख  शुक्रबार सम्पन्न भएको छ ।

दुबईको सिल्भर स्पुन रेस्टुरेन्टमा सम्पन्न भएको प्रथम विषेश महाधिवेसन समाजका संरक्षक तथा सस्थापक अध्यक्ष दुजमान सुनारको अध्यक्षतामा २३ जना कार्यसमिति सहित ४०  सदस्यीय केन्द्रिय सदस्य सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा भिम सुनार चयन भएका छन् भने महासचिवमा जेबि जि।सी  कोषाध्यक्षमा बिक्रम बिस्ट, ठगेन्द्र सुनार ,सचिवमा तिलक बुढामगर र सहसचिवमा चन्द्र सुनार चयन भएका छन् ।

अन्य केन्द्रिय कार्यसमिति सदस्यहरुमा उर्मिला रोका, बिन्दु शाह, शान्तामणी पुलामी, लालमणि पच्छाई, कमल सिंह पुन मगर, खिम बहादुर बिष्ट ,महेश केसि, दिनेश केसि, ठाकुर थापा, टेजपाल कुवँर  झसेन्द्र शाह , गुरु प्रसाद पोख्रेल, विशाल बस्नेत ,मुक्ति प्रसाद पाठक, बालचन्द्र पौडेल ,हिरा परियार  रहेका छन् ।

नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा संस्थाका संरक्षक दुजमान सुनारको सभापतित्व रहेको थियो। आबुधावि क्षेत्रीय समितिका उपाध्यक्ष बसन्त बि।क  कोषाध्यक्ष गिरिराज भण्डारीको उपस्थिति रहेको कार्यक्रममा ,प्यूठान स्वर्गद्वारी समाज युएईका निवर्तमान उपाध्यक्ष इमान सिंह केसीले  स्वागत मन्तव्य राखेका थिए  ।

कार्यक्रममा विशेष अतिथि प्रदेश ५ सम्पर्क समितिका अध्यक्ष राजु खड्का, र अतिथिहरूमा दाङ देउखुरी समाजका अध्यक्ष कमल गिरि, अर्घाखाँची समाजका अध्यक्ष कृष्ण भुसाल, पाल्पाली समाजका अध्यक्ष बेद प्रसाद अर्याल, अन्तरास्ट्रीय रोल्पाली समाज युएईका उपाध्यक्ष ,साथै प्रवक्ता हेमराज बिक्रमलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिले नव निर्वाचित पदाधिकारीहरूलाई आफ्नो शुभकामना मन्तव्य राख्दै प्रदेशमा सामाजिक कार्यमा आपसमा मिलेर काम गर्दै सामाजिक समस्याहरुमा पनि मिलेरै कामगर्नुपर्ने बताए ।  यस्तै अन्य अतिथिहरूले पनि आफ्नो महत्वपूर्ण भनाइहरू मन्तव्यको क्रममा राखेका थिए ।

निवर्तमान अध्यक्ष दुजमान सुनारले बिगतको समितिले गरेको कार्य प्रगती बिवरण र सुझाव सहितको प्रतिबेदन पेश गरेका थिए । प्रवासमा रहेर प्युठानी हरुमा एकता, सहयोग र सहकार्यको भावना यथावत राख्दै, सबै नेपालीको दुख पिडामा सहयोग गर्दै अगाडि बढने अधिवेशनको हलमा बताए।

मातृभूमिको सम्झनामा रास्ट्रीय गित बजाई, ज्ञात अज्ञात शहिदहरूप्रति मौन धारण मार्फत सम्मान अर्पण गरि सुरु भएको उक्त कार्यक्रममा पानसमा बती बालेर ,केक काटेर उद्घाटन गरिएको थियो ।  महाधिबेसन मार्फत निर्बाचित भएका समितिका सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *