कास्की आदर्श समाजपोर्चुगलको अधिवेशन सम्पन्न

डिसी नेपाल
१६ साउन २०७६ ११:४६

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा ‘कास्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ नाराका साथ तेस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ। यहाँस्थित जिनाजियो क्लबमा सम्पन्न अधिवेशनले दुई वर्षका लागि कृष्ण सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा पूर्ण तामाङ, विक्रम गुरुङ, डिलबहादुर बर्देवा, धर्मराज बराल र अशोक दाहाल, महासचिवमा मेघनाथ सुवेदी, सचिवमा नवीन तिम्सिना, भुवन बराल, नारायणजङ शाह र  राधाकृष्ण आचार्य, कोषाध्यक्षमा राजेन्द्र बराल तथा सह–कोषाध्यक्ष शोभा पुरी गिरीलाई चयन गरिएको छ।

यस्तै समितिको सदस्यमा क्रमशः प्रेम गुरुङ, उर्मिला गुरुङ, राजु सुवेदी, कोपिला भुजेल, रविन पहारी, ओमकार अधिकारी र आनन्द थापा रहेका छन् । सल्लाहकारमा नवीन बराल, रमेश आचार्य, मनिराम नेपाली, विकास गुरुङ, नारायण गुरुङ छन्। समाजले रमेशकुमार गुरुङको प्रमुख संरक्षकमा गोविन्दप्रसाद पौडेल, सीता बराल, नारायण गुरुङ र यज्ञ तिम्सिनालाई चयन गरेको छ।

कास्की घर भई पोर्चुगललाई कर्मथलो बनाउँदै आएका कस्केली समुदायका लागि योगदान गरेको भन्दै (रासस) पोर्चुगलका प्रतिनिधि भगवान गिरी, उत्पीडित जातीय समाज पोर्चुगलका अध्यक्ष मनिराम नेपाली र तमु समाज पोर्चुगलका अध्यक्ष विकास गुरुङलाई सम्मानसमेत गरेको छ।

कार्यक्रममा कास्की समाज अन्तर्राष्ट्रिय समितिका संरक्षक एवम पोर्चुगलका प्रमुख संरक्षक रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्की, चेम्बर अफ कमर्शका प्रतिनिधि शम्भु गौतम, कास्की समाजका केन्द्रीय महासचिव गोविन्दप्रसाद पौडेल, केन्द्रीय महिला उपाध्यक्ष सीता बराल, प्रवासी नेपाली मञ्चका रोबर्ट लिम्बू, जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरे, जन प्रगतिशील मञ्चका डोलराज भण्डारी, नेपाली समाजका अध्यक्ष सोम शेर्पा, जन प्रगतिशील मोर्चाका महासचिव प्रदीप अधिकारी, एकता समाजका अध्यक्ष गोमनाथ सुवेदी, नेपाल पत्रकार महासङ्घ पोर्चुगलका संयोजक योगेन्द्र मिलन छन्त्याल, जनजाति महासङ्घका अध्यक्ष हेम गुरुङ, नेपाली महिला समाजका अध्यक्ष निर्मला खराल ढकाल, नारी समाजका अध्यक्ष कला राई, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी, स्याङ्जा समाजका विमल गौतम, बागलुङ समाजका प्रेम खड्का, तनहुँ समाजका देवभक्त श्रेष्ठलगायतको सहभागिता रहेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *