सेल्टर व्यवस्थापनको सहयोगार्थ कोरियामा धनकुटे समाजले वृहत सांस्कृतिक धमका गर्दे

डिसी नेपाल
१६ साउन २०७६ ११:५०

सौल । दक्षिण कोरियामा क्रियाशील रहेको नेपाली सामाजिक संस्था धनकुटा सेवा समाजले कोरियन पर्वको अवसरमा वृहत सांस्कृतिक धमका आयोजना गर्ने भएको छ ।

कोरियामा समस्यामा पर्ने नेपालीहरूलाई लक्षित गर्दे स्थापित सेल्टर व्यवस्थापनको सहयोगार्थ धमका आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।

कोरियनहरुको महान चाड ‘छुसक’को पहिलो दिन सेप्टेम्वर १२ मा हुने धनकुटा साङ्गीतिक सौगात भाग १ को पोस्टर आइतबार आगमन रेष्टुरेन्टमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।

कार्यक्रममा चर्चित गायक गायिका पुस्पन प्रधान, अन्जु पन्त, निमा रुम्बाले आफ्नो स्वरको जादु चलाउनेछन्। त्यस्तै पछिल्लो समय युवापुस्तामाझ छुट्टै छाप छोड्न सफल र्‍यापर भिटेनले पनि आफ्नो बेजोड प्रस्तुती दिनेछन्। साथमा देवेन चेम्जोङ, साजन राई, जसोदा सुब्बा, आश्श्रा कुँवरलगायतका कलाकारहरूको प्रस्तुती रहनेछ।

कार्यक्रम दोगंदेमुनबाट नजिकै रहेको जुग्नो ओ गाको फेक छु न्यन खिन्यमग्वान हलमा आयोजना हुने पत्रकार सम्मेलनमा समाजले जानकारी गराएको छ ।

कार्यक्रममा दर्शकहरूको सहजताको लागि दोगंदेमुनबाट यातायात सुविधाको पनि ब्यवस्था गरिएको छ।

‘छुसक’को पहिलो दिन टाढाबाट आउने दर्शकहरूलाई ध्यानमा राख्दै कार्यक्रम दिउसो ठिक २ बजेबाट सञ्चालन गरिने भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *