जापानमा एक नेपालीको निधन

डिसी नेपाल
१६ साउन २०७६ ११:५१

नागोया । जापानमा एक नेपालीको ज्यान गएको छ । सिजुओका केनमा कार्यरत बाग्लुङ गल्कोटका झप बहादुर खत्रीको आइतबार राती निधन भएको हो ।

खत्री विगत २३ वर्षदेखि जापानमा कार्यरत थिए । उनले लामो समयदेखि सिजुओकास्थित इन्डियन रेष्टुरेन्टमा काम गर्दै आएका थिए ।

आइतबार राती सुतिरहेको अवस्थामा असहज भएपछि साथमा रहेका छोरी र साथीहरूले एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पुर्याएका थिए ।

तर, अस्पतालले बिहान साढे दुई बजे उनलाई मृत्यु घोषणा गरेको गल्कोट समाजका महासचिव कृष्ण केसीले जानकारी दिए।

अस्पताल श्रोतले खत्रीको मृत्युको कारण हृदयघात भएको पुष्टि गरेको छ ।

स्वर्गीय खत्रीको श्रीमती, २ छोरी र १ छोरा छन्। हाल उनी जापानमा एक छोरीसहित बस्थे । बाँकी परिवार भने नेपालमै थिए ।

मृतक खत्रीको अन्तिम दाहसंस्कार जुलाई ३१ तारिख बुधवारका दिन जापानमै गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *