नेपाली हिम चितुवाले ढाले बोलिभियन च्याम्पियनलाई, फहराए नेपाली झण्डा

डिसी नेपाल
१६ साउन २०७६ ११:५३

नागोया । नेपाली किक बक्सिङ खेलमा उदाउँदा खेलाडी अविरल घिमिरे (हिमालयन चितुवा) ले जापानमा बोलिभियाका राष्ट्रिय च्याम्पियनलाई पराजित गर्दै नेपाली झण्डा फहराएका छन् ।

जापानको नागोयामा  आइतबार सम्पन्न ‘हिट ४५’ किक बक्सिङमा  घिमिरेले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई दुई राउन्डमै ढालेर नेपाली झण्डा फहराउन सफल भए ।

तीन राउन्डको खेलमा दोस्रो राउन्डमै ढालेर अविरल बिजयी भएको प्रशिक्षक देव घिमिरेले बताए । खेल हेर्न नेपालीसहित जापानी समर्थकसमेत सहभागी भएका थिए ।

हिमालयन चितुवाको नामले परिचित घिमिरेले हालसम्म सम्पन्न १२ वटा व्यवसायिक खेलमा ११ वटामा जित निकालेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *