अरुको लहलहैमा आफू कार्यरत कम्पनी नछोड्न कतारस्थित नेपाली दूतावासको आग्रह

डिसी नेपाल
१६ साउन २०७६ ११:५५

दोहा । दोहास्थित नेपाली राजदूतावासले अरुको लहलहैमा  आफू कार्यरत कम्पनी नछोड्न कतारमा कार्यरत नेपालीहरूलाई आग्रह गरेको छ ।

राम्रो तलब सुविधा पाउने आश्वासनमा आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनी थप पैसासमेत तिरेको र हाल आफू अलपत्र परेको भन्दै दूतावासमा उद्धारका लागी धेरै जनाको गुनासो आउन थालेपछी दूतावासले आइतबार एक सूचना जारी गर्दे यस्तो आग्रह गरेको हो ।

कतारको नयाँ श्रम कानुनअनुसार एउटै कम्पनीमा ५ वर्ष भन्दाबढी काम गरेमा अर्का कम्पनी बदल्न पाउने प्रावधान छ । तर, यो नयाँ कानुनी नियम लागुभएपछि फाइदा लिनेको भन्दा समस्या पाउनेहरूका संख्या बढ्न थालेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *