नेपाल बंगलादेश मेडिकल वेल्फेयर सोसाइटीको सीलेटमा कार्यक्रम

डिसी नेपाल
१६ साउन २०७६ १२:०५

ढाका  । नेपाल बंगलादेश मेडिकल वेल्फेयर सोसाइटीले सीलेटमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीको  सीलेट शाखा समितीको अगुवाईमा शुक्रबार सीलेट पार्टी प्यालेसमा बार्षिक क्यालेन्डर विमोगनसंगै नेपाली जमघट सांस्कृतीक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सोसाईटीको केन्द्रीय सल्लाहकार समितीमा रहेका मुख्य अतिथी एसो प्रा डा तनुश्री सरकार, सीलेट ऊमेन मेडिकल कलेजका डा सलमान सैफुल, सोसाईटीका केन्द्रीय अध्यक्ष डा रजनिस अधिकारी, केन्द्रीय समितीमा रहेका समीर श्रिवास्तव, बृजेश यादव,रजत श्रिवास्तव, सिलेट शाखाका अध्यक्ष दिवस उत्सव, संरक्षक डा राहुल कुर्मी मुबासिर खान,उपाध्यक्ष दयाश्रि शाह, सोनु जिसी,अनिल सिँह कुशवाहा, मिलन क्षेत्री, मेराज अली शाहलगायतको विशेष उपस्थिति थियो ।

कार्यक्रममा नृत्य,गीत प्रस्तुतीसँगै सोसाईटीलाई विस्तार गर्न र कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका छात्र–छात्राहरुलाई केन्द्रीय र शाखा समितीबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागी नर्थ इस्ट मेडिकल कलेजका प्रथम वर्षका छात्र विनायक यादव र आकाश धवलले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *