बेल्जियममा सामाजिक सदभाबको लागि ‘युरोप समर कप’

डिसी नेपाल
१६ साउन २०७६ १८:०५

डिल्लीराम अम्माई

बेल्जियम । यूरो नेपाल खेलकुद संघद्वारा आयोजित खुल्ला तथा ३५ भेण्ट्रास फुटबल प्रतियोगिता २०१९ भव्य रुपमा सम्पन्न भएको छ।

तमु समाजको एलए टाइगरले खुल्लातर्फ र प्लस ३५ भेण्ट्रान्सतर्फ झापाली समाजले विजय हासिल गर्दै ‘सद्भावना फुटबल प्रतियोगिता २०१९’ बेल्जियमको आन्त्वेर्पेनमा सम्पन्न भएको हो।

यसपटकको प्रतियोगिता किशोरतर्फ आठौं प्रतियोगिता हो। यसअघिका प्रतियोगिताहरू बेल्जियमका विभिन्न स्थानहरुमा सम्पन्न हुँदै आएका थिए। युरो नेपाल खेलकुद संघका महासचिव मिन क्षेत्रीको विशेष आग्रहमा बेनेलक्सका नेपाली राजदुत लोकबहादुर थापाले औपचारिक रुपमा उद्घाटन गरेको टुर्नामेन्टमा आयोजित खेलका संयोजक तुङ्गा निरौला र युरो नेपाल खेलकुद संघका अध्यक्ष किसन केशीले साथ दिएका थिए।

खेलको प्रतिस्पर्धामा भाग लिने टिमहरुमा क्रमशः किराँत समाज एबी, यफसी गेन्ट, रोयल ब्रुगे, तमु समाजको यलए टाइगर, इएनयसए, आन्त्वेर्पेन यफसी, अन्नपूर्ण ब्रुसेल, झापाली समाज, एनबियफसी र इएनयसए रहेका थिए।

युरो नेपाल खेलकुद संघले गराउँदै आएको यो राष्ट्रिय फुटबल प्रतियोगिता (नेसनल समर टुर्नामेन्ट) वर्षेनी हुन्छ। यसपटक पनि अगाडिका बर्षहरुमा जस्तै यो खेल युरो नेपाल खेलकुद संघको आयोजनामा भएको थियो।

प्रतियोगितामा सहभागी कूल १२ समूहमध्ये ओपन तर्फ ८ र भेट्रान्सतर्फ ४ समूह मैदानमा उत्रिएका थिए। जुन २७ का दिन स्थानीय आन्त्वेर्पेन एक्स्पोको ग्राउण्डमा भएको खेलको फाइनलमा ३५ तर्फ झापाली समाज र खुल्लातर्फ तमु समाजको एलए टाइगर बिजयी बनेका थिए। खेलका लागि ३ जना प्रमाणपत्र–प्राप्त बेल्जियमका ख्याति प्राप्त रेफ्रीहरू भेला भएका थिए।

खुल्लातर्फ उत्कृष्ट खेलाडीको तक्मा रितेस गुरुङले प्राप्त गरे। त्यस्तै टप स्कोरर नाहीम दिम र बेष्ट किपर बाल्दिप गुरुङले प्राप्त गरे। ३५ भेण्ट्रान्सको उपाधितर्फ बेष्ट प्लेयर खिम कार्की,टप स्कोरर राजु श्रेष्ठ र बेष्ट कीपर पेमा भुटियाले प्राप्त गरे।

‘सामाजिक सदभाबलाई मजबुद बनाउदै युवा पिढीको खेल आकर्षणलाई जारी राख्न हामीले प्रत्येक पटक हामीले समर फुटबल टुर्नामेन्टको आयोजना गर्ने गरेका छौं,’ पुरस्कार वितरणको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष किशन केसीले बताए।

एनआरएनएका अग्रज युवराज गुरुङ, खेल संयोजक तुङ्गा निरौला, प्रमुख सल्लाहकार बालेन्द्र गुरुङ, एनआरएनएका अध्यक्षका उमेद्वारद्वय क्रमश चित्र सुवेदी र अनुजा प्रधान, उपसंयोजकद्वय नबिन नेपाल र सबिन लिम्बुको साथै उपाध्यक्ष ज्ञानु थापाले बिजेता टिमहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

प्रथम पुरस्कारको राशी १ हजार युरो (लगभग नेपाली एक लाख बिस हजार रुपैयाँ) र दोश्रो पुरस्कार राशी ५०० युरो (साठी हजार रुपैयाँ) रहेको थियो। त्यस्तै स्वयं सेवकको रुपमा आलेन खड्का तथा दिपेन गौतमले खेलाडीहरुको लागि भौतिक रुपमा आवश्यक सहयोग पुर्याएका थिए।

युरो नेपाल खेलकुद संघका अध्यक्ष किसन केसीको सभापतित्वमा महासचिव मिन क्षेत्रीले सञ्चालन गरेको औपचारिक कार्यक्रम लगत्तै खेल शुरु भएको थियो। प्रतियोगितालाई एनआरएनए बेल्जियम, व्यवसायी संस्था तथा अरू धेरै खेल प्रेमीहरुबाट सहयोग प्राप्त भएको महासचिव क्षेत्रीले जानकारी गराएका थिए।

सन् २०११ मा स्थापित युरो नेपाल खेलकुद संघले सन् २०११ मा नै गैर नाफामुखी संस्थाका रूपमा दर्ता भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *