कुवेतमा धुव्र कुमारी एक वर्षदेखि बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

डिसी नेपाल
१७ साउन २०७६ १०:४८

कुवेत । रोजगारीको लागि कुवेत आएकी एक महिला बेपत्ता भएकी छन् । खोटाङ मात्तिम १ घर भएकी धुव्र कुमारी राई विगत १ वर्षदेखि बेपत्ता भएको उनका परिवारले बताएका छन् ।

घरेलु कामको रुपमा कुवेत आएकी राई २ वर्षसम्म भने परिवारको सम्पर्कमा नै थिइन् । तर, पछिल्लो  एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन ।

रोजगारीको लागि विदेश गएकी दिदी बेपत्ता भएपछि राईको भाइ गोपाल राईले दिदीको खोजी गरिदिन कुवेतस्थित नेपाली राजदूतावास तथा कुवेतमा रहेका नेपाली सङ्घसंस्थाहरूलाई आग्रह गरेका छन् ।

फोटोमा देखिएकी धुव्र कुमारीलाई कतै देख्ने र चिन्ने जोकोहीलाई नेपाली दूतावास कुवेतको सम्पर्क नम्बर ९८८६९१२१‭ मा खबर गरिदिन अनुरोध गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *