अष्ट्रेलिया : २ नेपालीको ज्यान जानेगरी भएको कार दुर्घटनाका चालक सागर भट्टराई पक्राउ

डिसी नेपाल
१८ साउन २०७६ ११:२५

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा दुई नेपालीको ज्यान जाने गरी दुर्घटनाभएको कारका चालक सागर भट्टराई विमानस्थलबाट पक्राउ परेका छन् ।

दुर्घटनापछि नेपाल फर्कन लागेको अवस्थामा अष्ट्रेलियन प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि लापारवाहीपूर्वक कार चलाएको आरोप छ। जमानत समेत खारेज भएका उनलाई शनिबार नै पारामाटा कोर्टमा प्रस्तुत गरिने भएको छ।

प्रहरीसँगको बयानमा कङ्गारु अगाडि आएको र त्यसलाई बचाउन खोज्दा दुर्घटना भएको भट्टराइले बताएका छन् ।

जुलाई २८ आइतबार बिहान ३:४० बजे कुमा नजिक मोनरो हाइवेमा भएको दुर्घटनामा २२ वर्षीय समीक्षा सुबेदी र २१ वर्षीय गोपाल भण्डारीले ज्यान गुमाएका थिए।

घटनामा गाडी चालकको टाउकोमा चोट लागेको थियो भने अन्य दुई जना यात्रलाई पनि बाहिरी चोट लागेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *