अष्ट्रेलिया : २ नेपालीको ज्यान जानेगरी भएको कार दुर्घटनाका चालक सागर भट्टराई पक्राउ

डिसी नेपाल
१८ साउन २०७६ ११:२५
4
Shares

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा दुई नेपालीको ज्यान जाने गरी दुर्घटनाभएको कारका चालक सागर भट्टराई विमानस्थलबाट पक्राउ परेका छन् ।

दुर्घटनापछि नेपाल फर्कन लागेको अवस्थामा अष्ट्रेलियन प्रहरीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । उनीमाथि लापारवाहीपूर्वक कार चलाएको आरोप छ। जमानत समेत खारेज भएका उनलाई शनिबार नै पारामाटा कोर्टमा प्रस्तुत गरिने भएको छ।

प्रहरीसँगको बयानमा कङ्गारु अगाडि आएको र त्यसलाई बचाउन खोज्दा दुर्घटना भएको भट्टराइले बताएका छन् ।

जुलाई २८ आइतबार बिहान ३:४० बजे कुमा नजिक मोनरो हाइवेमा भएको दुर्घटनामा २२ वर्षीय समीक्षा सुबेदी र २१ वर्षीय गोपाल भण्डारीले ज्यान गुमाएका थिए।

घटनामा गाडी चालकको टाउकोमा चोट लागेको थियो भने अन्य दुई जना यात्रलाई पनि बाहिरी चोट लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *