कतारमा तस्करीबाट बेचविखनमा परेका पीडितका लागि आवास गृह निर्माण

डिसी नेपाल
१९ साउन २०७६ ११:२८

दोहा । कतारमा मानव तस्करीबाट बेचविखनमा परेका पीडितहरूका लागि आवास गृह निर्माण गरिएको छ ।

कतारको मानव बेचविखन विरुद्धको राष्ट्रिय समिति (एनसीसीएचटी) ले पीडितहरूका लागि निर्माण गरिएको नयाँ आवास गृह ‘मानवीय साहरा घर’को गत मङ्गलबार उद्‌घाटन गरेको हो ।

अलमौरामा निर्माण गरिएको यो आवास गृहमा ६ वटा हबेलीहरू (भिल्ला) रहेका छन् । एउटै हवेलीमा ५५ जनासम्म बस्न सक्ने क्षमता छ ।

जसमध्ये बस्नको लागि ४ वटा प्रयोग गरिने र बाँकी २ वटा हबेली सामान्य कामका लागि प्रयोग गरिने एनसीसीएचटीले जनाएको छ ।

यहाँ पीडितको सुरक्षा, पुनर्स्थापना र घर फिर्ती नहुँदासम्मको लागि आवास सुविधा प्रदान गरिनेछ ।

बेचविखनमा परेका पीडितले समितिको वेबसाइट वा प्रहरीलाई उजुरी दिन सकिने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *