स्तन क्यान्सर पीडित शेर्पालाई २ लाख १० हजार आर्थिक सहयोग
काडमाडौं। लामो समयदेखि स्तन क्यान्सर रोगले पीडित पेम्बा डोल्मा शेर्पालाई आर्थिक सहयोग गरिएको छ। भोटेकोशी गाउँपालिका ५ घर भएकी शेर्पा भक्तपुर क्यानसर अस्पतालमा उपचारत थिईन्।
परिवारको आर्थिक अवस्था निकै दयनीय भएको कारणले उनको उपचारमा निकै कठिन भएको थियो। पीडितको घाउमा मलहम लगाउने उदेश्यले इराक कुर्दिस्तानमा सामाजिक अभियान्ता ठूलो कान्छा शेर्पाको नेतृत्वमा पेम्बाको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो।
अभियानमा प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुपले संयुक्त रुपमा सहयोग संकलन गरेका थिए। अभियानबाट १ लाख ९६ हजार ९ सय ६४ नेपाली रुपैयाँ संकलन भएको थियो।

सो रकम कुर्दिस्तानबाट सिटी एक्सप्रेस मनि ट्रान्सफरमार्फत काठमाडौं पठाइएको थियो। उक्त रकममा सिटि एक्सप्रेस मनि ट्रान्सफरले १३ हजार ३६ रुपैयाँ थप गरेर जम्मा २ लाख १० हजार नेपाली रुपैयाँ हस्तारण गरिएको हो।
सहयोग रकम सिटि एक्सप्रेस मनि ट्रान्सफरका निर्देशक चन्द्र टन्डन र कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी तथा सिटि एक्सप्रेस मनि ट्रान्सफर इराकका प्रतिनिधि बिनोद श्रेष्ठमार्फत पीडितका श्रीमान हर्कबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो
No ads found for this position

डिसी नेपाल
Facebook Comment