प्रहरी हिरासतबाटै थुनुवा फरार

डिसी नेपाल
२० साउन २०७६ १२:३२

झापा । लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन्। बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको थियो ।

बिर्तामोडस्थित कनकाई अस्पताल पुर्याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

“लागुऔषधसहित पक्राउ परेका जगमेर सामान्य बिरामीजस्तो देखिएकाले उपचार गर्न र लागुऔषधको परीक्षण गर्न अस्पताल पुर्याइएकामा त्यहाँबाटै भागेछ ।” ‘प्रहरी उपरीक्षक श्रेष्ठले भने । उनकोे खोजीकार्य शुरु गरिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *