अछाममा होटल तथा पर्यटन व्यवसायी संघ गठन, अध्यक्षमा कुँवर चयन

डिसी नेपाल
२१ साउन २०७६ १९:५४

अछाम । अछाममा होटल तथा पर्यटन व्यवसायी संघ गठन गरिएको छ। जेष्ठ सदस्य गोरखबहादुर बुढाको अध्यक्षतामा मंगलबार साँफेबगरमा भएको आम भेलाले महेश कुँवरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो।

संघको उपाध्यक्षमा झंकर भाट, महासचिव प्रदीप केसी, सचिव तुलाराम बिसी, कोषाध्याक्ष मिन राना रहेका छन् भने सदस्यहरुमा दीपक रावल, योगेश कुँवर, तीर्था चौधरी राई, सीतादेबि थापा रहेका छन्।

त्यसैगरी सल्लाहकार संयोजक बम स्वाँर, सदस्यहरु मिनबहादुर कँवर, नारायण शाह रहेका छन्। नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२०लाई सघाउन पुर्याउन बिभिन्न खाले गतिबिधिहरु सञ्चालन गर्ने नवनियुक्त अध्यक्ष कुवँरले बताए।

जिल्लाको पर्यटन प्रबर्धनका लागि सम्बन्धित निकायहरुसंग सहकार्य गरेर प्रचाप्रसारलगायतका क्रियाकलापहरु सञ्चालन गर्ने समेत कुँवरले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *