तीन महीनादेखि राउटे अगुवा बेपत्ता, खाेजी गरिदिन सरकारलाई आग्रह
फाइल फाेटाे
सुर्खेत । राउटे अगुवाले तीन महीना अघि सुर्खेतको गुर्भाकोट नगरपालिकाको सेराघारीबाट हराएका आफ्ना सदस्यको खोजी गरिदिन माग गरेका छन्।
वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राउटे अगुवाले बेपत्ता युवा जयबहादुर शाहीको खोजी गरिदिन सरकारसँग आग्रह गरेका हुन्।
राउटे अगुवाका अनुसार ३७ वर्षीय जयबहादुर यही वैशाख २५ गतेदेखि बेपत्ता भएका हुन्। ‘जङ्गलमा शिकार खेलेर फर्कर्ने क्रममा सेराघारी आसपासबाट हराएको हो, हामीले धेरै ठाउँमा खोज्यौँ, फेला पार्न सकेनौँ’ राउटे युवा प्रकाश शाहीले भने, ‘शिकार खेलेर फर्कंदा गाउँमा विवाह थियो, केही समय त्यहाँ बस्यौँ, त्यसपछि जयबहादुर बस्तीमा आएनन्।’
उनले बेपत्ता आफ्ना सदस्यको खोजीका लागि सञ्चारकर्मी र सरकारसँग आग्रह गरे। जयबहादुरको घरमा ६५ वर्षीय बुबा कान्छाराम र बहिनी सुना हुन्। जङ्गलमा फिरन्ते जीवन बिताउने यो समुदाय हाल दैलेखको गुराँस गाउँपालिकामा बसाइँ सरेको छ।
राउटे समुदायले जयबहादुर हराएपछि गुराँस गाउँपालिकाको कार्यालयलाई खोजीका लागि निवेदन दिएको छ।
No ads found for this position

डिसी नेपाल
For Sale Hydrochlorothiazide Secure Doxycycline Epocrates Online levitra canada Order Viagra Indications For Cephalexin 500 Mg Capsule