बैतडीमा होटल तथा पर्यटन व्यवसायी संघ गठन, अध्यक्षमा भट्ट

डिसी नेपाल
२३ साउन २०७६ २२:३८
12
Shares

बैतडी । बैतडीमा होटल तथा पर्यटन व्यवसायी संघ गठन गरेको छ।

जिल्ला सदरमुकाम गोठालापानीमा मंगलबार भएको आम भेलाले बासुदेब भट्टको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो।

संघको उपाध्यक्षमा मोहनदेब भट्ट, महासचिब अमरसि कार्की, कोषाध्यक्ष भुवनेश्वरी भट्ट रहेका छन् भने सदस्यहरुमा प्रमानन्द पाण्डेय, नरेन्द्र चन्द र लिलाधर भट्ट रहेका छन्।

नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउन बिभिन्न खाले गतिबिधिहरु सञ्चालन गर्ने अध्यक्ष भट्टले बताए।

जिल्लाको पर्यटन प्रबर्धनका लागि सम्बन्धित निकायहरुसंग सहकार्य गरेर प्रचाप्रसारलगायतका क्रियाकलापहरु सञ्चालन गर्ने समेत भट्टले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *