मुख्यमन्त्रीद्वारा रङ्गशाला निर्माणमा जोड

डिसी नेपाल
२४ साउन २०७६ २३:०९

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सो क्षेत्रमा आदिवासी स्मृति उद्यानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने बताए।

‘उद्यान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन’, २५औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने।

मुख्यमन्त्री राईले निर्माणाधीन रङ्गशालालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

उद्यान, सङ्ग्रहालयलगायत संरचना निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको उनले जानकारी दिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *