चेतन सापकोटा भन्दैछन् – मेरो देशमा एउटा अर्को बुद्ध पठाइदेउ
काठमाडौं । संगीतकार तथा गायक चेतन सापकोटाले राष्ट्रिय भावना बोकेको गीत सार्वजनिक गरेका छन्। चेतनले ‘बुद्ध पठाइदेउ’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका हुन्।
गीतमा चेतनकै शब्द, संगीत तथा स्वर छ।
गीतमा भनिएको छ :
मेरो देशमा एउटा अर्को योद्धा पठाईदेउ
मेरो देशमा एउटा अर्को बुद्ध पठाईदेउ
रंग जस्तो भएनि हुन्छ, रुप जस्तो भएनि हुन्छ
मन शुद्ध पठाईदेउ
गीतको भिडियोमा पनि चेतन स्वयंम फिचर्ड छन्।
२०६५ सालमा रेकर्ड भएको यो गीत अहिले युट्युबमा सार्वजनिक गरिएको उनि बताउँछन्। चेतन सापकोटाकै निर्देशनमा तयार भएको भिडियोमा गंगाराम सापकोटाको छायांकन, विकास दाहालको सम्पादन छ।
भिडियो वि–स्टार नेपाल नामक युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment