भ्रष्टाचार मुद्दामा मुछिएका पूर्व नासुले गरे आत्महत्या

डिसी नेपाल
२७ साउन २०७६ १६:२९

काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा खेपिरहेका एकजना पूर्व नायब सुब्बाले आत्महत्या गरेका छन्। मालपोत कार्यालय कलंकी काठमाडौंमा रहँदा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा चलाएका हरिप्रसाद आचार्यले आत्महत्या गरेका हुन् ।

उदयपुरको शिखरखुट्टे जंगलमा पूर्व नासु आचार्यको शव झण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।

मृतक आचार्यका परिवारले उनी हराएको सूचना प्रहरीलाई दिएको थियो। हराएको सूचना पाएपछि खोजी गरेको प्रहरीले उनलाई मृत अवस्थामा पारेको हो। आचार्यको सोमबार पोष्टमार्टम भइसकेको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका एक अधिकारीले आचार्यको शवसँगै दुई पानाको सुसाइड नोटसमेत फेला परेको बताए। उनले सुसाईडको सबै कुरा नबताए पनि आफुलाई झुटो मुद्दामा फसाइएको उल्लेख गरेको डिसी नेपाललाई जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक बाडभन्ज्याङ गाविस–३ को पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहको सरकारी जग्गा व्यक्तिको स्वामित्वमा गएको विषयमा उनीसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

यसरी भ्रष्टाचार आरोपमा मुछिएका व्यक्तिले आत्महत्या गरेको यो तेस्रो घटना हो। यसअघि त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक रामबहादुर पाण्डे, पूर्व नासु युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका थिए। यद्यपी श्रेष्ठको मृत्युलाई शंकास्दप भन्दै छानविन गर्नसमेत माग गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *