वडाध्यक्षको निधनमा आज सार्बजनिक बिदा

डिसी नेपाल
२९ साउन २०७६ १०:१२

भोजपुर । पौवादुङमा गाउँपालिकाले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले वडा नम्बर १ का वडाध्यक्ष रुद्ध बहादुर पाण्डेको निधन प्रति शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिएको हो।

मंगलबार गाउँपालिका अध्यक्ष किरण राईको अध्यक्षतामा बसेको बैठकले आज गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, तथा अन्य कार्यालय वन्द गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले यहि साउन ३२ गते गाउँपालिकाको आयोजनामा गाउँकार्यपालिकाको कार्यालय च्याङगे्रमा शोकसभा गर्ने समेत निर्णय गरेको छ । ७२ वर्षीय वडाअध्यक्ष पाण्डेको निमोनीयाका कारण गत गत साउन १८ गते निधन भएको थियो।

गाउँपालिकाको प्रेस वक्तव्य


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *