‘फूलमती’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं। गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ। चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ। डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन्।
उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् । गीतको मुख्य भूमिकामा सागरसहित स्मृति बोहरा रेग्मी र अञ्जु विश्वकर्मा देखिएका छन्।
गीतको छायांकन जनक अधिकारीले गरेका हुन भने भिडियो निर्देशन सोनु कुमारले गरेका हुन्। गीतमा मिक्सिङ भने सन्तोष पौडेलले भरेका छन्। भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको मोडल कार्कीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment