आज यूके पाउण्डसहित केही देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौं । आज (शनिबार) यूके पाउण्ड सहितका देशको भाउ बढेको छ भने अमेरिकी डलरसहित केही देशको विनिमयदर सामान्य रुपमा घटेको छ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ९ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कुवेती दिनाार एकको खरिदर ३७३ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ १२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ १९ पैसा तथा बिक्रिदर ३०२ रुपैयाँ ७८ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर

No ads found for this position

डिसी नेपाल
Facebook Comment