सुमिता राईको एल्बम ‘सगुन’ सार्वजनिक, यस्तो छ एल्बममा समावेश गीत ‘हरेक साँझ…’

डिसी नेपाल
२ भदौ २०७६ ११:२१

काठमाडौं। गायिका सुमिता राईको गायन रहेको एकल एल्बम ‘सगुन’ सार्वजनिक गरिएको छ।

वरिष्ठ निर्देशक प्रकाश सायमी, गायक शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान लगायतको उपस्थितीमा एक कार्यक्रमकाबीच एल्बम सार्वजनिक गरिएको हो।

एल्बमका गीतमा मुकेश राई, प्रतिक चाम्लिङ, निर्मल परिवेश राई र कुमार बिवाहितको शब्द रहेका छन्। त्यस्तै बिक्रम राई, मन थुलुङ्ग राई, पुजन लोह्गन, कुमार बिवाहित र शिला बहादुर मोक्तानको सङ्गीत छ।

गीतमा एरेन्जमेन्ट संजय हमाल, शिला बहादुर मोक्तान, रिदन कंडेल, फणिन्द्र राई, हरि लम्साल र पुरुषोत्तम सुवेदीको रहेको छ। एल्वमको ‘हरेक साँझ तिम्रो यादमा’ बोलको गीतलाई रोमान्टीक शैलीमा नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका छन्।

जहाँ गायिका सुमिता राई र खरुन राई फिचर्ड भएका छन् । भिडियोमा यी दुईको केमेस्ट्री रोमान्टिक देखिएको छ। नयाँ र नौलो प्रयोग गरिएर खिचिएको गीतमा उमिशा पाण्डेको मेकअप, दिपेन्द्र बस्न्यातको छायांकन र दिपेन्द्र बस्न्यातकै सम्पादन देख्न सकिन्छ। गीतलाई निर्माण लगानी खरुन राईले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

One thought on “सुमिता राईको एल्बम ‘सगुन’ सार्वजनिक, यस्तो छ एल्बममा समावेश गीत ‘हरेक साँझ…’

Leave a Reply

Your email address will not be published. Required fields are marked *