आज फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?

डिसी नेपाल
४ भदौ २०७६ १०:५०

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो मंगलबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ र सुनको मूल्य दुबै बढेकाले नेपालमा सुनको भाउ बढेको हो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *