आज फेरि बढ्यो सुनको भाउ, तोलाको कति ?
काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ ।
आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो मंगलबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ र सुनको मूल्य दुबै बढेकाले नेपालमा सुनको भाउ बढेको हो।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment