बिजुलीको ट्रान्सफर्मर भित्रको तामाको तार चोरी

डिसी नेपाल
४ भदौ २०७६ १२:३१

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी भएको छ। केही दिन अघि नै ट्रान्सफर्मरभित्रको तामाको तार चोरी भए पनि बल्ल थाहा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए।

चोरहरुले ट्रान्सफर्मरभित्र रहेको झण्डै १२० केजी बराबरको क्वाइल तामाको तार निकालेर लगेका थिए। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिँचाइको लागि प्रयोग हुँदै आएको ट्रान्सफर्मरको तार चोरहरुले लगेपनि अन्य काम नलाग्ने सामान त्यतिकै छोडिएको अवस्थामा फेला परेको जिल्लास्थित विद्युत् प्राधिकरणले जनाएको छ। ट्रान्सफर्मर चोरी भएसँगै यस क्षेत्रका झण्डै ३०० परिवार समस्यामा परेका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *