टिप्पर ठक्करमा मारिनेको पहिचान खुल्यो, अन्य तीन जनाको उपचार हुँदै

डिसी नेपाल
८ भदौ २०७६ २२:४०

काठमाडौं। काठमाडौंको तीनकुने सडकमा आइतबार अबेर भएको सडक दुर्घटनामा न्ज्यान गुमाउनेको पहिचान भएको छ । टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा रहेका काठमाडौं बौद्धका अन्दाजी ४० वर्षीय कुछाङ भोटेको मृत्यु भएको गौशाला प्रहरी वृत्तका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए।

बा ३ ख ४३१७ नम्बरको टिप्परले तीनवटा मोटरसाइकललाई लागतार ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका अन्य तीनजनाको उपचार भइरहेको छ। घाइते मध्ये दुईजना पुरुषको केमीसी अस्पतालमा उपचार भइरहेको छ भने एक महिलाको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

टिप्परका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको डीएसपी सिंहले जानकारी दिए। उनले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *