मेथिका यति धेरै फाइदा, तपाई पनि थाहा पाउने की ?

डिसी नेपाल
१० भदौ २०७६ ५:४०

धेरै जसो सबैका भान्सामा प्रयोग हुने मेथी बहुउपयोगी खाद्य पदार्थ हो । मेथीको प्रयोग बाट हामीले धेरै रोगहरुलाई नियन्त्रण गर्न सक्छौ। तर हामी मध्ये धेरै जसोलाई मेथी मन नपर्न पनि सक्छ। तर हामीलाई लाग्छ यो पढे पछि तपाइको मन बदलिने छ । यस्ता छन् बहुउपयोगी मेथीका फाइदाहरु :

* मेथीको सेवनले मृगौलालाई स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्ने गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्ने काम गर्छ ।

* पेट खराब हुँदा या अपचको स्थितिमा मेथीको सेवन लाभकारी हुनछ ।यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ ।यसले भोक पनि बढाउँछ ।

* मेथीको सेवनबाट शरीरमा टेस्टोस्टेरोनको स्तर पनि बढ्छ, जसबाट मांसपेशी बन्छ र शरीर मजबूत हुन्छ ।

* मेथीको सेवनले स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरको खतरा पनि कम गर्छ ।

* मेथीको सेवनले रगतमा ग्लुकोजको स्तर कम हुन्छ, जसबाट डाइबेटिजको टाइप वान र टाइप टु दुवै नियन्त्रित हुन्छ ।

* मेथीका दानाले डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी भूमिका खेलेको हुन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको हुनुहुन्छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्न सक्छ ।

* मेथीको सेवनले शरीरमा राम्रो कोलेस्टेरोल बढ्छ र नराम्रो कोलेस्टेरोल घट्छ । यसबाट मुटुसम्बन्धी रोग पनि कम हुन्छ ।

* कपाल झर्ने समस्या भएकाहरुका लागि पनि मेथी अत्यन्तै उपयोगी हुन्छ । मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न निकैनै कम गर्छ । यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *