पाकिस्तानी मन्त्रीले तोके भारत–पाकिस्तान युद्धको मिति ! (भिडियो)

डिसी नेपाल
११ भदौ २०७६ १८:३३

इस्लामावाद (एजेन्सी) । भारत प्रशासित जम्मू कश्मीरको विशेषाधिकार भारतले खारेज गरिदिएपछि भारत र पाकिस्तानबीच लगातार तनाव बढिरहेको छ। आणविक हतियार सम्पन्न दुई मुलुकबीच बढ्दो तनावले दक्षिण एसिया नै खतराको जोखिममा छ।

यहीबीचमा एकजना पाकिस्तानी मन्त्रीले उत्तेजक भनाई राखेका छन्। पाकिस्तानी मन्त्री शेख रसिदले भारत र पाकिस्तानबीच युद्धको सम्भावित मिति तोकेका छन्। लण्डनमा रहेका मन्त्री रसिदले बेलायतमा रहेका पाकिस्तानीहरुलाई सम्बोधन गर्दै भने, ‘मलाई लाग्छ भारत र पाकिस्तानबीच आगामी नोभेम्बर सेप्टेम्बरमा युद्ध हुन सक्छ । तर, युद्ध हुनुपर्छ भन्ने छैन । पाकिस्तानी सेनासँग रहेको हतियार प्रयोग गर्नका लागि हो । यदि भारत र पाकिस्तानबीच युद्ध भयो भने पूरा विश्वकै नक्सा बदलिनसक्छ ।’

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि देशवासीका नाममा सम्बोधन गर्दै भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको बताएका थिए। उनले सँयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समूदायले भारतले जम्मू कश्मीरबारे गरेको निर्णयमा हस्तक्षेप गर्नुपर्ने बताएका थिए । उनले जम्मू कश्मीरका लागि पाकिस्तान अन्तिम अवस्थासम्म पनि लड्ने बताएका थिए।

जम्मू कश्मीरकै विषयलाई लिएर हालसम्म भारत र पाकिस्तानबीच ४ पटक युद्ध भइसकेको छ भने सीमा क्षेत्रमा सँधै तनाव छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *