बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न वाणिज्य बैंकलाई अर्थमन्त्रीको चेतावनी

डिसी नेपाल
११ भदौ २०७६ २१:४५

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय वाणिज्य बैंक सचेत गराएका छन्।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचत कर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन्।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबै वाणिज्य बैंकको तुलनामा कम रहेकोप्रति अचम्म मान्दै यसलाई निक्षेपकर्ता माथिको खेलबाड भएको बताएका हुन्।

बैकहरुमा आउने तरलताको संकट पनि बचत कर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिंग कार्यक्रमहरु संचालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिए।

बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेहि बन्न पनि अर्थ मन्त्रीले आग्रह गरे। बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारी पूर्वक निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रदेश १ मा २ वटा प्रदेश २ मा ५ वटा प्रदेश ३मा २ वटा गण्डकी प्रदेशमा ४ वटा प्रदेश ५ मा १ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखाहरुको उद्घाटन गरेका थिए।

शाखा विस्तारसँगै राष्ट्रिय वाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ। थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *