पाकिस्तानले बन्द गर्यो कराची एयर स्पेस, भारतमा मिसाइल दाग्ने तयारी!
इस्लामावाद (एजेन्सी) । भारत–पाकिस्तान तवनाका बीच पाकिस्तानले बुधबार अबेर कराची एयर स्पेस बन्द गरेको छ। तीन दिनका लागि एयर स्पेस बन्द गरिएको पाकिस्तानी उड्डयन अधिकारीहरुले जानकारी दिएका छन्।
एयर स्पेस बन्द गरेसँगै पाकिस्तानले आफ्ना क्षेप्यास्त्रको तयारी अवस्थाबारे जानकारी लिन टेस्टिङ पनि गर्न लागेको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन्। पाकिस्तानले मिसाइलको टेस्टिंग पनि कराचीमै गर्न लागेको जनाइएको छ।
पाकिस्तानले एयर स्पेस बन्द गर्नुलाई भारतीय सञ्चार माध्यमहरुले भारतमाथि पाकिस्तानले क्षेप्यास्त्र आक्रमणको तयारीका रुपमा प्रचार गरेका छन्। भारतीय सञ्चार माध्यम आजतकले पाकिस्तानले भारतमाथि आक्रमणको तयारी गरेको उल्लेख गरेको छ।
पाकिस्तानी रेल मन्त्री फवाद चौधरीले केही अघिमात्र एयर स्पेस बन्द गरिने जानकारी दिएका थिए। उनले भारतका लागि सबै एयरस्पेस बन्द गरिने बताएका थिए। तर, हाललाई कराची एयर स्पेसमात्र बन्द गरिएको हो।
जम्मू कश्मीरबारे भारतीय निर्णयपछि भारत र पाकिस्तानबीच तनाव बढिहरेको छ। जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेसँगै पाकिस्तानले भारतमाथि दबाब बढाइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment