भारतसँगको तनावका बीच पाकिस्तानले गर्‍यो ब्यालेस्टिक मिसाइल परिक्षण

डिसी नेपाल
१२ भदौ २०७६ १२:४६

एजेन्सी। पाकिस्तानले बिहीबार गज्नाभी नामक ब्योलेस्टिक मिसाइल सफलतापूर्वक परिक्षण गरेको छ। भारतीय संचारमाध्यम आजतकमा प्रकाशन गरिएको समाचारमा उल्लेख गरिएअनुसार उक्त मिसाइलमा जमिनबाट २९० देखि ३२० किलोमिटर टाढासम्म मार हान्ने क्षमता रहेको छ।

साथै यस यस मिसाइलले ७०० किलोग्राम सम्मको विस्फोटक पदार्थ बोकेर लैजाने क्षमता रहेको जनाइएको छ।

यस परिक्षणका लागि पाकिस्तानले आफ्नो कराची एयर स्पेस ३ दिनको लागि बन्द गरेको छ।

यस क्रममा पाकिस्तानले आफ्नो नौसेनालाई अलर्ट जारी गर्नुका साथै कराचीको तीन वायु मार्ग समेत बन्द गरेको थियो। यो बन्द हिजोबाट लागू भई आगामी ३१ अगस्टसम्म जारी रहने त्यहाँको नागर विमान प्राधिकरणले जनाएको छ।

पाकिस्तानले भारत–पाकिस्तन तनावका बीच यस्तो परिक्षण गरेको हो। यसअघि भारतले आफ्नो अधिनमा रहेको जम्मू–काश्मिरको स्वतन्त्रता खोस्दै केन्द्र शासित बनाएको थियो। जसले गर्दा भारत र पाकिस्तानबीच तनाव सृजना भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *