काठमाडौंको कलंकीमै १७ वर्षीया किशोरी बलात्कृत
प्रतिकात्मक तस्वीर
काठमाडौं। प्रहरीले १७ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा काठमाडौंको कलंकीबाट एक जनालाई पक्राउ गरेको छ।
दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धादिङ गजुरी गाउँपालिका-१ घर भएका २३ वर्षीय रबिन श्रेष्ठलाई बुधबार दिउँसो पक्राउ गरिएको हो।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित पशुपति गेष्ट हाउसमा रबिन श्रेष्ठ र धादिङ ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षीय मदन थापामगरले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेका हुन्।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले रबिन श्रेष्ठलाई पक्राउ गरेको हो। दुई जना मध्ये मदन थापामगर भने फरार रहेको प्रहरीले जनाएको छ। थापामगरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment