‘बाढी-पहिरो-डुबानको दीर्घकालिन व्यवस्थापनमा तीनै तहका सरकारबीच ठोस रणनीति बनाउनुपर्छ’

डिसी नेपाल
१२ भदौ २०७६ १९:३६

काठमाडौं । गृहसचिव प्रेम कुमार राईले बाढी, पहिरो र डुबानको दीर्घकालिन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुने गरि ठोस रणनीति बनाउनुपर्ने बताएका छन्।

राष्ट्रियसभा अन्र्तगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको विहिबारको बैठकमा बोल्दै उनले स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औल्याए।

तराई जिल्लाका कतिपय स्थानमा सिमासुरक्षा रोडको भारतर्फका ढोका नखोलेकाले तथा बागमती र लालबकैया नदीको तटबन्ध कमजोर भएका कारण रौतहटमा डुबान भएको भन्दै उनले आन्तरिक र सिमा क्षेत्रका समस्या सम्बोधनका लागि स्पष्ट रणनीति बनाउनुपर्नेमा जोड दिए।

उनले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलन हुदै गरेको र सबै तथ्यांङ्क आएपछि सरकारले निर्णय गर्ने जानकारी दिए। उनले विपद व्यवस्थापन नियमावलि अनुसार संघीय सरकारले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ उपलब्ध गराउने काम गर्नुको साथै प्रदेशसरकार तहबाट दिईने राहत विरणमा एकरुपता ल्याउनका लागि मापदण्ड बनाउनुपर्ने बताए।

समिति सदस्यहरुले बाढी पहिरो र डुबानको समस्या सम्बोधन गर्ने सरकारको पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने, सिमामा देखिएको समस्या र आन्तरिक समस्याको अध्ययन गरि दीर्घकालिन समाधानका लागि योजना बनाउनुपर्ने तथा तीन तहका सरकारबीच देखिएको समन्वयको अभावलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए।

समितिले बाढी पीडीतको अनुगमन प्रतिवेदन सम्बन्धमा गृहमन्त्री, गृहसचिवसंग छलफल गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *