घरमा चुरोट पिउँदा जेल सजाय, घरेलु हिंसाको मुद्दासमेत लाग्ने

डिसी नेपाल
१३ भदौ २०७६ १०:५३

बैंकक। थाइल्याण्डमा नयाँ कानुन लागू गरिएको छ । यो कानुन लागू भएपछि मानिसहरु अब घरमा पनि चुरोट पिउन पाउने छैनन् । यदि कोही घरमा चुरोट पिएको बेला पक्राउ परे उसलाई जेल सजाय हुनेछ । साथमा ती धुम्रपानकर्तालाई घरेलु हिंसाको मुद्दा पनि लाग्नेछ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष धुम्रपानका कारण ६ लाख जनाको मृत्यु हुन्छ । यसमा ६० प्रतिशत बालबालिका हुन्छन् जो चुरोट र सिगारको धुवाँको चपेटामा परेर ज्यान गुमाउँछन् ।

घरमा रहेका बालबालका र परिवारका अन्य दस्यको स्वाथ्यको ख्याल गर्दै थाइल्याण्ड सरकारले यस्तो कानुन लागू गरेको हो । ‘परिवार सुरक्षा तथा विकास ऐन’ अन्तर्गत यो कानुन बुधबारदेखि लागू भएको हो । बैंककमा भएको सूर्तीजन्य पदार्थ र फोक्सोको स्वास्थ्यसम्बन्धी सम्मेलनमा महिला सरोकार तथा पारिवारिक विकासकी प्रमुख लेर्टपान्या बुरानाबंडितले परिवारका कुनै पनि सदस्यले गरेको धुम्रपानका कारण परिवारमा अरु कसैको स्वास्थ्यमा असर परेमा धुम्रपान गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *