छात्रलाई भिडियो कल गरेर अश्लील हर्कत गर्थिन् शिक्षिका, भिडियो भयो भाइरल

डिसी नेपाल
१३ भदौ २०७६ १६:३३

एजेन्सी। आफ्नै विद्यार्थीलाई भिडियो कल गरेर अश्लील हर्कत गर्ने एक शिक्षिकाको भिडियो भाइरल भएको छ । भारतको जालन्धरकी ती शिक्षका र छात्रबीचको भाइरल भिडियोमा भने छात्रले भिडियो कल गरेका छन् । ती किशोरले महिलालाई नग्न अवस्थामा आफूसँग बोलाउँछन् ।

भिडियोमा महिला बाथरुममा देखिन्छिन् । किशोरले पटक पटक भिडियो कल गरेर महिलालाई भिडियोमा अगाडि आउन भन्छन् । बताइएअनुसार ती महिला जालन्धरको एक स्कुलमा शिक्षिका छिन् र ती किशोर उनका विद्यार्थी हुन् । यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । भिडियोका सम्बनधमा स्कुलका प्रिन्सिपलले यो भिडियो स्कुलमा नबनेकोले स्कुलको कुनै भूमिका नभएको बताए ।

उनका अनुसार भिडियोमा देखिने महिला अध्यापक स्कुलमा आएकी थिइन् तर केही समय पहिले उनलाई स्कुलबाट निकालियो । छात्रलाई पनि केही दिन पहिले स्कुलबाट निकालिएको बताइएको छ । प्रिन्सिपलले पनि ती छात्रको हर्कतका कारण उनलाई स्कुलबाट रेस्टिकेट गरिएको बताए । भिडियोका विषयमा पुलिसले उजुरी नआएको बताउँदै उजुरी आएमा कारवाही गर्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *