कश्मीर आवरमा मोदी र भारतलाई के भने इमरानले?

डिसी नेपाल
१३ भदौ २०७६ २३:२७

नयाँ दिल्ली (बीबीसी) । प्रधानमन्त्री इमरान खानको अपीमा भारत प्रशासित कश्मीरका मानिसहरुको साथमा ऐक्यवद्धता देखाउन पाकिस्तानले शुक्रबार ३० अगस्ट दिउँसो १२ बजेदेखि १२ः३० बजेसम्म कश्मीर आवर मनायो।

विद्यालय, सरकारी तथा निजी कार्यालय, बैंक, व्यापारी, वकील र सैन्य अधिकारीहरुले यसमा भाग लिए। दिउँसो यसक्रममा सबै ट्राफिक सिग्नलहरुमा रेड सिग्नल देखाइयो । पाकिस्तानको राजधानी इस्लामावादमा प्रधानमन्त्री कार्यलयका अगाडि ठूलो संख्यामा मानिसहरु जम्मा भएका मानिसहरुलाई प्रधानमन्त्री इमरान खानले सम्बोधन गरे।

यसक्रममा प्रधानमन्त्रीका सूचना एवं प्रसार मामिला सल्लाहाकार फिरदौस आशिक अजान र प्रधानमन्त्रीको विशेष सहायक नइमुल हक पनि उपस्थित थिए। प्रधानमन्त्री इमरानले आफ्नो भाषणको शुरुआत कश्मीरीका साथ ऐक्यवद्धता देखाउँदै गरे।

उनले भने, ‘आज हरेक पाकिस्तानी। चाहे त्यो जहाँ पनि छ, चाहे उ हाम्रो विद्यालय वा कलेजका विद्यार्थी हुन् वा पसले वा मजदूर, सरकारी कर्मचारी, हामी सबै हाम्रा कश्मीरीहरुका साथ उभिएका छौं।’

उनले भने, ‘हाम्रा कश्मीरी निकै मुस्किल सयममा छन् । करिब ८० लाख कश्मीरी, करिब ४ हप्तादेखि कर्फ्यूमा बन्द छन्, आजको उद्देश्य हाम्रा कश्मीरीहरुलाई हामी सबै उनीहरुको साथमा छौं भन्ने देखाउनु हो, उनीहरुको दुःखमा पूर्णरुपमा सामिल छौं।’

‘आज पाकिस्तानबाट यो सन्देश जानेछ कि जबसम्म हाम्रा कश्मीरीहरुलाई स्वतन्त्राता मिल्दैन पाकिस्तानी जनता उनीहरुको साथमा उभिएका छन्, अन्तिम स्वाससम्म हामी उनीहरुका साथ उभिने छौं।’

आरएसएसको तुलना हिटलरको नाजीसँग

इमरानले भने, ‘हामी सबैले यो बुझ्नु आवश्यक छ, आजको हिन्दुस्तानमा कुन प्रकारको शासन छ। यसलाई बुझ्न हामीले आरएसएसको विचारधारा बुझ्नुपर्ने हुन्छ ।१९२५ मा बनेको राष्ट्रिय स्वयम सेवक संघको विचारधारामा मुसलमानहरुप्रति घृणा भरिएको छ। उनीहरु हिन्दूलाई सर्वश्रेष्ठ सम्झन्छन्। हिटलरको नाजी पार्टीबाट प्रभावित भएर यो पार्टी बनेको थियो।’

इमरानले जसरी हिटलरको नाजी पार्टीले जर्मनबाहेक अन्य सबैलाई यात देश निकालो या हत्या गर्ने सोच्थ्यो त्यसरी नै आरएसएसले पनि सोचेको बताए। उनले भने, ‘यसको घोषणा पत्र थियो कि मुसलमानहरुलाई यात हिन्दुस्तानबाट निकाला गर्नुपर्छ यात उनीहरुको दोस्रो दर्जाका नागरिक बनुन्, समनताको हक उनीहरुले पाउँनु हुँदैन । त्यो आज देखिएको छ । उनीहरु कश्मीरमा अपराध गरिरहेका छन्।’

प्रधानमन्त्रीले भने, ‘आज भारतमा राष्ट्रिय स्वयम सेवक संघको विचारले कब्जा गरेको छ । ठिक त्यहि प्रकारले जसरी नाजी पार्टीले जर्मनीमा कब्जा गरेको थियो। आज सबै संसारले देखिरहेको छ कश्मीरमा के भएको छ भन्ने । यदि हाम्रा कश्मीरी मुसलानमान नभएको भए पूरा संसारमा आवज उठ्थ्यो, पूरा दुनिया उनीहरुको साथमा हुन्थ्यो, तर मैलै निकै दुःखका साथ भन्नु परेको छ, जब मुसलमानहरुमाथि अत्याचार हुन्छ, अन्तर्राष्ट्रिय समूदाय, जस्तोकी सँयुक्त राष्ट्र संघ किन चुप लाग्छ?’

‘आरएसएसको विचार मात्र मुसलमानहरुका लागि नराम्रो होइन बरु ईसाइहरुका लागि पनि राम्रो छैन, उनीहरुमाथि पनि हिन्दुस्तानमा अत्याचार भइरहेको छ।

‘हरेक मञ्चमा कश्मीरको युद्ध लड्ने छु’

इमरानले भने, ‘नेहरु र गान्धीको जो धर्म निरपेक्षता थियो, त्यसले भन्थ्यो हिन्दुस्तानको निर्माण धर्म निरेपेक्षता हो । उनीहरु सबै धर्मलाई बराबर मान्थे । आरएसएसको विचारधारामा नेहरु र गान्धीको कुनै स्थान छैन । यसले न अन्तर्राष्ट्रिय कानून मान्छ, न सुप्रीम कोर्ट, न हाई कोर्टलाई मान्छन्, उनीहरु मात्र हिन्दुवादलाई मान्छन्।’

इमरान खानले भने, ‘मैले जति पनि नेताहरुसँग भेट गरेको छु, चाहे ती सँयुक्त राष्ट्र संघ होस, युूरोप होस, जर्मनी वा फ्रान्स वा ट्रम्प वा हाम्रा मुसलमान नेता। सबैलाई मैले भनेको छु यदि नरेन्द्र मोदीको फसीवाद सरकारविरुद्ध हुने होइन भने यसको असर पूरा संसारलाई देखिने छ।’ उनले जबसम्म कश्मीर स्वतन्त्र हुँदैन तबसम्म हरेक मञ्चमा कश्मीरको लडाईँ लड्ने बताए।

यसैक्रममा इमरानले भने, ‘म नरेन्द्र मोदीलाई स्पष्ट भन्न चाहन्छु, यदि भारतले स्वतन्त्र कश्मीर (पाकिस्तान प्रशासित कश्मीर) मा कुनै कारबाही गर्यो भने हामी ईँटको जवाफ पत्थरले दिने छौं तपाईले कश्मीरमा केही गर्नु भयो भने हाम्रो सेना तयार छ। तर, जब परमाणु हतियार भएका मुलुक युद्ध गर्छन् त्यसको नोक्सान दुई मुलुकलाई मात्र हुँदैन पूरा संसारलाई हुन्छ । म यो संसारका सबै ठूला नेताहरुलाई भनिरहेको छु।’

उनले कश्मीरबाट कर्फ्यु हटाउन पूरा संसारमा आन्दोलन गर्ने बताए । उनले श्रीनगरमा सञ्चारमाध्यमहरु, नेतामाथि प्रतिबन्ध लाग्नुले पनि त्यहाँको अवस्था कस्तो छ भन्ने अनुमान लगाउन सकिने बताए ।

उनले आफ्नो भाषणको अन्तमा भने, ‘नरेन्द्र मोदीले आफ्नो अभिमानमा जे कश्मीरमा गरेका छन्, जो अन्तिम पत्ता खोलेका छन्, यसपछि कश्मीर स्वतन्त्र हुनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *