बिहेको प्रलोभन देखाउँदै नेपाली युवतिहरु चीन तस्करी भएको खुलासा

डिसी नेपाल
१३ भदौ २०७६ २३:५६

काठमाडौं। बिहेको प्रलोभन देखाउँदै नेपाली युवतिहरु चीन तस्करी हुने गरेको खुलासा भएका छ। नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले चार जना महिलाको उद्धार गरेपछि चीनमा मानव तस्करी हुने गरेको खुलेको हो।

प्रहरीले नेपाली युवतीलाई चीन तस्करी गर्ने गिरोहका चार चिनियाँ र ६ जना नेपाली गरी १० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन्। यसैगरी, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ पनि पक्राउ परेका छन्।

नेपाली युवतीसँग कोर्ट म्यारिज गरेर चिनियाँ नागरिले चीन लाने गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरुको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद गरिएको प्रहरीले जनाएको छ।

विवाहका लागि नेपाली युवती राजी भएपछि चीनमा रहेका दलालमार्फत चिनियाँ नागरिकहरु नेपाल आउने गरेको देखिएको छ।

एउटी युवतीलाई चिनियाँ नागरिकसँग विवाह गराएबापत चिनियाँ दलालले १० लाख रुपैयाँसम्म, नेपाली दलालले १ देखि २ लाख, युवतीहरु राख्ने नेपाली दलालले ८० हजार, युवतीका परिवारलाई ५० देखि ६० हजार रुपैयाँ दिने गरेको पनि खुलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *