जोनसनद्वारा सांसदहरूलाई ब्रेक्जिट प्रक्रिया अवरूद्ध नगर्न आग्रह

डिसी नेपाल
१४ भदौ २०७६ ६:१३

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सांसदहरूलाई बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमन (ब्रेक्जिट) लाई अवरुद्ध गर्ने वा अक्टोबर ३१ भन्दा पछि धकेल्ने कार्य नगर्न शुक्रबार चेतावनी दिएका छन् ।

प्रधानमन्त्री जोनसनले ब्रेक्जिटका लागि हुने ढिलाइले बेलायतको राजनीतिमा सर्वसाधारणको विश्वासलाई दीर्घकालसम्म असर गरिरहने बताए ।

बेलायतीहरूले यूरोपेली संघबबाट बेलायत बाहिरिने पक्षमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमार्फत निर्णय लिएको तर बेलायती सांसदहरूको निर्णयका कारण पटक पटक उक्त निर्णय कायान्वयनका लागि मतादेश दिएकाले यसलाई अब लम्व्याउनु नहुने प्रधानमन्त्रीको तर्क थियो ।

उनले स्काइ न्यूज टेलिभिजनसँग भने, “यदि हामीले अक्टोबरमा छोड्ने कुरा, जसलाई संसद सदस्यहरूले अन्तिम निर्णयका रूपमा, अक्टोबर ३१ भन्दा पछि लग्यौँ भन यसले बेलायती राजनीतिमा दीर्घ असर पर्नेछ ।”

“यसले बेलायती प्रमुख दलहरूमा दीर्घकासम्म सच्चाउन नसकिने क्षति पुग्नेछ,” उनले भने । “यो राजनीतिक पुस्ताले आफ्नो वाचा पूरा गर्न नसकेकोमा क्षमा पाउने छैन ।”

बेलायती संसदमा प्रतिपक्षी दलको प्रतिनिधित्व गर्ने तथा आफ्नै दल कन्जरभेटिभ पाटीका केही सदस्यले सम्झौताविहिन अवस्थामा बहिर्गमन नगर्न सुझाब दिइरहेका समय प्रधानमन्त्रीको यो धारणा आएको हो ।

जोनसन कै नेतृत्वमा रहेको बेलायती वर्तमान् सरकारको आफ्नै अध्ययनमा पनि सम्झौताविहिन अवस्थामा बहिर्गमन भएमा यसले मुलुकमा खाद्यान्न, इन्धन तथा औषधीलगायतका आधारभूत कुराहरूको अभाब हुने देखाएको छ ।

तर सम्झौताबिहीन अवस्थामा भएपनि जनमतसङ्ग्रहको निर्णयलाई लागू गर्नुपर्ने भन्दै बहिर्गमनको तयारीमा रहेको जोनसनले बताउँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *