कम्बोडिया : विपक्षी नेता स्वदेश फर्किए तत्काल पक्राउ गर्ने प्रधानमन्त्रीको चेतावनी
कम्बोडिया । कम्बोडियाका प्रधानमन्त्री साम्डेच टेचो हुन सेनले विपक्षी नेता साम रैन्सी स्वदेश फर्किएमा २४ घण्टा भित्रमा पक्राउ गर्ने बताएका छन । कम्बोडियोको प्रसिद्ध सञ्चारमाध्यम ‘फ्रेस न्युज’लाई दिएको विषेश अन्तर्वार्ताका क्रममा शुक्रबार उनले विपक्षी नेतालाई पक्राउ गर्ने बारेमा जानकारी दिएका हुन् ।
“यदि उनी नोभेम्बर ९ तारिखका दिन स्वदेश फर्किए भने उनलाई हतकडी लगाएर थुन्न लगिने छ,” प्रधानमन्त्री हुन सेनले भने । पूर्वराष्ट्रपतिसमेत रहेका ७० बर्षीय नेता रैन्सीलाई उनले स्वदेश फर्किन चुनौती पनि दिएका छन् ।
रैन्सीले नेतृत्व गरेको कम्बोडिया नेस्नल रेस्क्यु पार्टी (सिएनआरपी) लाई केही समय अगाडि अदालतले विघटन गरिदिएको थियो। अपराध सम्वन्धी मुद्दामा दोषी ठहर गरी कम्तीमा १६ बर्ष जेल सजाय समेत अदालतले फैसला गरेपछि उनी सन् २०१५ देखि फ्रान्समा निर्वासित जीवन बिताईरहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment