आज देशका अधिकांश स्थानमा वर्षा, बाढी पहिरो खस्ने सम्भावना, सर्तक रहन आग्रह
काठमाडौँ । आज देशभर वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन कमजोर भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शुक्रबार रातिदेखि नै देशका अधिकांश स्थानमा मेघगर्जनसहित पानी परिरहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो केहीबेर पानी पर्न रोकिए पनि फेरि पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने वा झरीको सम्भावना भने नरहेको शाखाले जनाएको छ ।
आज देशभरी सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले आज देशभर निरन्तर वर्षा हुनेभएकाले पूर्वी र मध्य पहाडी भू भागमा पहिरोको संभावना र नदीको बहाव बढ्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment