पूर्वमन्त्री नेपालीको निधन

डिसी नेपाल
१४ भदौ २०७६ ९:३९

जलेश्वर । महोत्तरीबाट पूर्व युवा तथा खेलकूदमन्त्री रहेका गणेश तिवारी नेपालीको शुक्रबार साँझ निधन भएको छ । जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उनका छोरा बजरंग नेपालीले बताए ।

विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उनि तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री रहेका थिए । पाँच वर्ष पहिले पक्षघात तथा विगत एक वर्षदेखि अर्बुद रोगबाट ग्रसित रहेका मन्त्री नेपालीको मृत्युले समग्र जिल्ला शोकमग्न बनेको छ ।

विसं १९९९ मा जन्मेका मन्त्री नेपालीले २०२७ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनले विसं २०४४ सालमा नेपाली काङ्ग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर नै भएर काम गरेका थिए । उनले विसं २०५२ मा काङ्ग्रेस छाडेर एमाले र २०६४ सालमा तमलोपा प्रवेश गरेका थिए । सोही बेला उनि चुनाव जितेर मन्त्री बनेका थिए । अहिले उनि नेपाली राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध रहेका थिए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *