८ कक्षाका विद्यार्थीले आफ्नै मृत्यु भएको भन्दै विदा मागेपछि…

डिसी नेपाल
१४ भदौ २०७६ १०:२६

एजेन्सी। भारतको उत्तर प्रदेशको कानपुरमा निकै अनौठो घटना भएको छ । यहाँ ८ कक्षाका एक छात्रले आफ्नै मृत्यु भएको भन्दै प्रिन्सिपलसँग विदा मागे । प्रिन्सिपलले पनि यतिसम्म लापरवाही देखाए कि उनले निवेदन पढ्दै नपढी विदा स्वीकृत गरिदिए ।

यहाँको जीडी रोडस्थित रोड स्कुलमा पढ्ने छात्रलाई विदा चाहिएको थियो । त्यसैले उनी विदाको लागि निवेदन लिएर प्रिन्सिपलकहाँ गए । छात्रले निवेदनमा लेखेका थिए ‘सविजय निवेदन छ कि प्रार्थी विजय (बदलिएको नाम) को २० अगष्टका दिन १० बजे देहान्त भयो । महोदयसँग अनुरोध छ कि प्रार्थीलाई हाफ टाइमपछि अवकाश प्रदान गर्ने कृपा गरियोस् ।

उनले यो निवेदन प्रिन्सिपललाई दिएपछि प्रिन्पिलले पनि रातो कलमले ‘ग्रान्टेड’ लेखेर हस्ताक्षर गरिदिए । छात्रले विदा पाए र उनी स्कुलबाट गए । उनले आफ्नो त्यो आवेदन केही दिनसम्म लुकाएर राखे । पछि साथीहरुमा चर्चाहुँदै जाँदा जब यो कुरा शिक्षकसम्म पुग्यो त्यसपछि भने हल्लाखल्ला भयो । यसको उजुरी स्कुल प्रबन्धन र शिक्षा विभागमा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *