टर्कीमा सैनिक बर्खास्तको क्रम जारी

डिसी नेपाल
१४ भदौ २०७६ १७:०३

अंकारा (रासस/सिन्ह्वा) । टर्कीमा सन् २०१६ जुलाई १५ मा भएको असफल सैनिक ‘कू’ पछि अहिलेसम्म पनि सैनिकलाई बर्खास्त गर्ने क्रममा रोकिएको छैन् । हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार हालसम्म १७ हजार सैनिकलाई बर्खास्त गरिसकिएको छ । टर्कीको सेनाले गत शुक्रबार दिएको जानकारीअनुसार गएको तीन वर्षयता सेनाका १७ हजार ४९८ जनालाई सेवाबाटै बर्खास्त गरिएको हो ।

राष्ट्रपति रेसेप तैयप एर्डाेगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उनी विदामा रहेका बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भयो । ‘कू’ को प्रयास घन्टौं लामो लडाइपछि राष्ट्रपति रेसेप एर्डोगान समर्थित सेनाले असफल गराएको थियो । कूको प्रयासमा सहयोग गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारी, पत्रकार, न्याय क्षेत्रका वरिष्ठ अधिकारी, उच्च स्तरीय व्यापारीलगायत हजाराँैको सङ्ख्यामा टर्कीका नागरिक पक्राउ परेका थिए ।

राष्ट्रपति एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त नै गरिएको थियो । सन् २०१६ को त्यो ठूलो विद्रोहमा करिब २५० जना मारिएका थिए भने गोलीकाण्डमा परी दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए । टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी संगठन (एफइटिओ)को संलग्नता रहेका आरोप लगाएको छ ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो । सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उनी सम्बद्ध धार्मिक सङ्गठनले भने असफल ‘कू’ प्रयासमा आफूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् । गुलेन र उनका समर्थकले आफू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *