कश्मीरबारे वार्ता गर्न पाकिस्तान तयार, तर यस्ता छन् शर्त

डिसी नेपाल
१४ भदौ २०७६ २३:२०

नयाँ दिल्ली (बीबीसी) । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतसँग सशर्त वाताको पहल गरेका छन्। उनले द्विपक्षीय वार्ता गर्न पनि पाकिस्तान तयार रहेको र तेस्रो पक्षले मध्यस्थता गरे पनि पाकिस्तानले त्यसलाई स्वागत गर्ने बताएका छन् ।

बीबीसी उर्दूलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री शाहले पाकिस्तानले कहिले पनि वार्तालाई अस्वीकार नगरेको बताउँदै भारतको मौजूदा माहोल वार्ताका लागि अनुकुल नरहेको बताएका छन्।

उनले भारत प्रशासित कश्मीरमा कफर््यू हटाउनुपर्ने, आधारभुत आधिकार बाहाल गर्नुपर्ने र हिरासतमा लिइएका कश्मीरी नेताहरु रिहा गर्ने र उनीहरुलाई भेट्ने अनुमति दिइए वार्ता निश्चित रुपमा शुरु हुन सक्ने बताए ।

पाकिस्तानका विदेशमन्त्रीले भने, ‘यो संघर्षमा तीन पक्ष छन् । मलाई लाग्छ यदि भारत गम्भीर छ भने उसले सबैभन्दा पहिला कश्मीरी नेतृत्वलाई रिहा गर्नुपर्छ । मलाई उनीहरुसँग भेट्न र परामर्श गर्न दिनुपर्छ । मैले उनीहरुको भावाना बुझ्नुपर्छ, किनकी हामी कश्मीरीहरुको भावना नजरअन्दाज गरेर वार्ताको टेबलमा बस्न सक्दैनौं ।’

युद्ध कुनै विकल्प होइन

यो विषयमा भारतले अतीतदेखि भन्दै आएको छ की पाकिस्तानले आफ्नो जमीनबाट हुने चरमपन्थी आक्रमण रोक्नुपर्छ, अनिमात्र वार्ता हुन सक्छ । पाकिस्तानले यसलाई अस्वीकार गर्दै आएको छ की उसको जमीनबाट चरमपन्थी आक्रमण हुन्छ । र दावी गर्छकी उ आफै चरमपन्थीको शिकार भइरहेको छ ।

पाकिस्तानका विदेशमन्त्री कुरैशीले पाकिस्तानले कुनै विकल्पको रुपमा युद्धबारे नसोचेको बताए । उनले पाकिस्तानले कहिले पनि आक्रामक विदेशनीति नअपनाएको भन्दै सँधै आफ्नो प्रथामिकता शान्ती रहेको बताए । उनले पाकिस्तानको पछिल्लो सरकार एकवर्षदेखि सत्तामा रहेको र पटक पटक वार्ताको कुरा गरेको बताए । किनकी दुबै देशहरुबीच लामो समयदेखि रहेका मुद्दा सुल्झाउन सकियोस । खास गरेर कश्मीर मामिला । यो पनि थाहा छ, दुबै आणविक हतियार सम्पन्न मुलुक युद्धको जोखिम लिन सक्दैनन् ।

उनले भने, ‘युद्ध मानिसहरुका लागि विनाशाकारी हुनेछ । यसले संसार प्रभावित हुनेछ । यसैले निश्चित रुपमा यो कुनै विकल्प होइन ।’ तर, उनले पाकिस्तानमाथि युद्ध थोपिए पाकिस्तानको सशस्त्र फौज यसका लागि तयार रहेको बताए ।

उनले २६ फेब्रुअरीमा भारतले आक्रामकता देखाएको र उसलाई उसकै भाषामा जवाफ दिएको बताए । उनले भने, ‘हामीले भारतका दुई जेट खसालिदिएका थियौं र उसको एक पालयटलाई कब्जामा लिएका थियौं । तपाईँले देख्नुभयो हामीले गजनवी मिसाइलको परीक्षण गरेका छौं, जसले हाम्रो तयारी देखाउँछ ।’

प्रभावकारी कूटनीति

पाकिस्तानले कूटनीतिमा सफलता पाएको जिकिर गर्दै विदेशमन्त्री करैशीले जुन मुद्दालाई नजरअन्दाज गरिएको थियो, त्यो मुद्दा फेरि संसारभर चर्चामा आएको बताए । उनले ५४ वर्षमा पहिलो पटक कश्मीर मामिलामा पश्चिमा मुलुकमा विरोध प्रदर्शन भएको, सुरक्षा परिषदमा बहस भएको बताए।

जब उनलाई कश्मीर मुद्दामा खाडी मुलुकको तथस्टता र प्रधानमन्त्री नरेन्द्र मोदीलाई सँयुक्त अरब इमिरेट्स र बहराइनमा गरिएको सम्मानबारे सोधियो, उनले भने, ‘खाडी देशरुको भारतसँग व्यापारिक सम्बन्ध छ । तर कश्मीरबारे उनीहरुको विचार स्पष्ट छ ।’

उनले खाडी देशहरु पाकिस्तानका मित्र देश रहेको भन्दै उनीहरुले पाकिस्तानको आर्थिक संकटका समयमा सहयोग गरेको बताए । उनले पाकिस्तान डिफल्टरको संकटमा रहेको समयमा यूएईले सहयोग गरेको बताए । उनले पाकिस्तानी जनतालाई निराश हुनुपर्ने आवश्यकता नरहेको भन्दै जब तथ्य सार्वजनिक हुनेछन् खाडी मुलुकहरु पाकिस्तानलाई समर्थन गर्ने बताए । उनले निकट भविश्यमा यूएईका विदेशमन्त्रीसँग वार्ता गर्न लागेको भन्दै पाकिस्तानी जनताको भावनाबारे जानकारी गराइने बताए ।

साउदी अरबको भूमिकाबारे उनले न्यूर्योकमा हुने ‘कश्मीर ग्रुप’ को बैठकमा साउदी अरब पनि सक्रिय सहभागी हुने बताए ।

विदेशमन्त्री कुरैशीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो बिचार खारेज गरे जसमा कश्मीरलाई दुई देशबीचको द्विपक्षी मुद्दा हो भनिएको छ । उनले कश्मीर द्विपक्षीय मुद्दा नभएको भन्दै सुरक्षा परिषदले ११ प्रस्ताव स्वकृत गरेको र त्यो भारतका लागि बाध्यकारी रहेको बताए ।

अमेरिकासँग आशावादी

पाकिस्तानलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग आशा छ। विदेशमन्त्री कुरैशीले अमेरिकाको पाकिस्तानसँग नजिकको सम्बनध रहेको बताए । उनले अमेरिकाले पाकिस्तानलाई आफ्नो सामरिक साझेदार मान्ने भन्दै यसकारण अमेरिकालेमात्र भारतलाई मनाउन सक्ने बताए । उनले ट्रम्पले मध्यस्थताका लागि तयार रहेको बताइसकेको भन्दै पाकिस्तानले त्यसको स्वागत गरेको बताए । भारतले भने यसलाई अस्वीकार गरेको छ । विदेशमन्त्री कुरैशीले भारत सुरक्षा परिषदको प्रस्तावबाट भागिरहेकोसमेत बताए ।

पाकिस्तानका पूर्व सैन्य शासक तथा राष्ट्रपति परवेज मुशर्रफको समयमा कश्मीरबारे भारतसँग वार्ता भएको थियो र त्यो बेला समस्या समधानको निकट पुगिएको बताइएको थियो । तर विदेशमन्त्री कुरैशीले ब्याकच्यानलबाट केही प्रगति भएको उल्लेख गर्दै त्यसमा कश्मीरीहरुको आवाज नसमेटिनु गल्ती भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *