तीजमा ब्रत बस्दा ध्यान दिनुहोस् यी कुरा

डिसी नेपाल
१५ भदौ २०७६ ५:४८

तीजमा दिनभर पानी पनि नखाई ब्रत बस्ने चलन छ। यस दिन भगवान शिवको पूजाआजा गर्दा राम्रो पति पाइने तथा पतिको आयु लामो हुने धार्मिक विश्वास छ।

त्यसो त ब्रत बस्नुको धेरै फाइदा छ, धार्मिक हिसाबले, शारीरिक हिसाबले, मानसिक हिसाबले । बेला-बेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । आहार विशेषज्ञका अनुसार हप्तामा एक पटक व्रत वस्नुको अनेक लाभ छ । यद्यपी अक्सर व्रतका क्रममा खाद्य पदार्थको उचित चयन वा उपयोग भएको हुदैन।

– व्रतको दिन अत्याधिक पानी पिउनुपर्छ ।

– धेरै परिश्रम हुने काम नगरौं ।

– व्रतको दिन मध्यन्ह खानेकुरा सेवन गरेपनि राती त्यसको मात्रा कम गर्नुपर्छ ।

– विश्राम गरौं र कागती एवं मह मिश्रति पानी सेवन गरौं ।

– व्रतको क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर वाहिर निस्कन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनुपर्छ ।

– मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ ।

ब्रतको विज्ञानः कसरी, किन र कसले बस्ने ?

ब्रतले शरीरको पाचन प्रक्रियामा आरम मिल्छ । साथै शरीरको मेटाबोलिक (खानालाई इनर्जीमा परिणत गर्ने ) क्षमतामा वृद्धि गर्न मद्धत गर्छ ।

यद्यपी, व्रत बस्दा हामी सबैले विशेष कुराहरुमा ध्यान दिनु अत्यावश्यक छ । अन्यथा यसको नकारात्मक प्रभावका कारण शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्दछ । यसबाट बच्नको लागि यी कुरामा ध्यान दिनु जरुरी छ ।

ध्यान दिनुपर्ने कुरा

व्रतको बेला शरीरमा पानीको कमी हुनसक्ने भएकोले अधिक पानीको सेवन गर्न जरुरी हुन्छ । प्रतिदिन कम्तीमा ६ देखि ८ गिलास पानीको सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ ।

खानामा अंगुर, लिच्ची, खरबुजा, काक्रो लगायतका फलफुललाई समावेश गर्नुहोस् जसले तपाईको शरीरमा पानीको मात्रालाई बढाउन सकोस् ।

केही घण्टाको फरकमा पानी तथा फलफुलको सेवन गर्नुहोस् । अन्यथा खाली पेटका कारण शरीरमा एसिडिटीको समस्या उत्पन्न हुने गर्दछ । त्यसैले आफ्नो खानामा उच्च कार्बोहाइड्रेटयुक्त खाना जस्तै आलु, सावुदाना लगायतको प्रयोग गर्नु निकै उपर्युक्त मानिन्छ ।

त्यसबाहेक, काजु, किसमिट, पेस्ता लगायतका ड्राइ फु्रटको मनग्य सेवन गरौ । यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन ।

कस्तो सावधानी अपनाउने ?

व्रत बसेको समयमा धेरै चिल्लो, पिरो तथा तारेको खानु स्वास्थ्यका लागि हानीकारक हुनक्छ । यसले शरीरमा कैलोरीको मात्रा बढाउने गर्छ । त्यसैले, कुनै पनि मानिसले व्रत बस्दा प्रोटीन, फैट कार्वोहाइडे्रट, भिटामिन, मिनरल्सयुक्त खानेकुराका साथमा पौष्टिक खानेकुराकोे सेवन गरौ ।

त्यस्तै, मैदा तथा आलुको प्रयोग सकेसम्म कम गरौ ।

त्यस्तै, व्रतका कारण शरीरलाई सुस्त हुन नदिन पनीर, क्रीमयुक्त दूधको सेवन कम गरौ । बरु यसको सट्टा ताजा फलफुल तथा जुसको सेवन गर्नु उपर्युक्त हुन्छ ।

यी रोग भएकाहरुले ब्रत नबसौ

· मधुमेह तथा उच्च रक्तचाप /हाइपरटेण्सन भएका व्यक्तिले

· भर्खर अपरेशन गरेकाहरुले

· रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा

· मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु

· गर्भवती महिला




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *