काङ्ग्रेस एकजुट हुनुको विकल्प नै छैनः महामन्त्री कोइराला

डिसी नेपाल
१५ भदौ २०७६ ६:३४

स्याङ्जा । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसमा गुट–उपगुट मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल महिला सङ्घको ७२औँ स्थापना दिवस एवम संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले काङ्ग्रेस कमजोर बन्दै गएकाले अब एक हुनुको विकल्प नभएको बताए ।

महामन्त्री कोइरालाले लोकतन्त्रलाई समाप्त गरेर एकदलीय शासन चलाउने अभ्यासमा सरकार अगाडि बढेको आरोप लगाए । उनले सरकारलाई सच्चिन आग्रह पनि गरे ।

“सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ, देशमा हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि हुनु दुःखद् छ”, उनले भने । उनले अब काङ्ग्रेस चुप लागेर नबस्ने पनि चेतावनी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *